कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा मन्दिरमा पुगेर विधिपूर्वक पूजाअर्चना गरेका छन्। राष्ट्रपतिसँगै प्रथम महिला सविता पौडेल पनि मन्दिर पुगेकी थिइन्।
राष्ट्रपतिले नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गरेपछि प्रसाद ग्रहण गरेका थिए। नवदुर्गा मन्दिरलाई भक्तपुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा लिइन्छ।
पूजाका क्रममा राष्ट्रपति पौडेलले नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई दक्षिणा प्रदान गरेका थिए।
राष्ट्रपतिले नवदुर्गा जात्रा सञ्चालनका लागि एक लाख रुपैयाँ सहयोगसमेत प्रदान गरेका छन्। कोजाग्रत पूर्णिमासँगै यस वर्षको बडादसैँ सकिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

