८ कात्तिक २०८३ English
English

बंगालको खाडीको न्यूनचापीय प्रणालीको प्रभाव, कात्तिक १२ गतेदेखि वर्षा र हिमपातको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बंगालको खाडीको न्यूनचापीय प्रणालीको प्रभाव, कात्तिक १२ गतेदेखि वर्षा र हिमपातको सम्भावना
तस्बिर: नागरिक

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन हुने छैन। कात्तिक १२ गते बिहीबारदेखि भने वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकसित भइरहेको छ। यसको प्रभावले आउँदो बुधबारदेखि नेपालमा बदली हुने र बिहीबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्नेछ। यो प्रणाली अझ बलियो बन्दै गएको जनाइएको छ।

बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न ठाउँमा औसत १०० मिलिमिटर र केही ठाउँमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान छ।

मौसमविद्ले पहाडी क्षेत्र अझै भिजेकै अवस्थामा रहेकाले पहिरोको जोखिम उच्च रहेको बताएका छन्। दसैँपछिको यो वर्षाले पहाडी भेगमा पहिरोको खतरा बढाउन सक्ने भन्दै उनीहरूले सचेत रहन आग्रह गरेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ८ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 8 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार