८ कात्तिक २०८३ English
English

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्न तयार छौँ: महामन्त्री पौडेल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्न तयार छौँ: महामन्त्री पौडेल
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको बताएका छन्। अझै बाहिर रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको उनको भनाइ छ।

गृह जिल्ला तनहुँको शुक्लागण्डकीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सोही क्रममा महामन्त्री पौडेलले शेरबहादुर देउवालाई सर्वोच्च नेता मान्न आफू तयार रहेको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जनताले किन धेरै मत दिए भन्ने प्रश्नको जवाफ अझै नपाएको पनि बताए।

कांग्रेसभित्रको एकता प्रक्रिया अघि बढिरहेका बेला महामन्त्रीको यो अभिव्यक्ति आएको हो। पार्टीमा बाँकी रहेका पक्षलाई समेट्ने विषयमा आफूहरू गम्भीर रहेको उनले बताए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ८ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 8 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार