वाग्लेको दिल्ली अभिव्यक्तिको बचाउमा रास्वपा सांसद भण्डारी

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाका सांसद वदन भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा दिएको अभिव्यक्ति सुझबुझपूर्ण रहेको बताउनुभएको छ। आइतबार काठमाडौँमा रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उहाँले अर्थमन्त्रीको भनाइको खुलेर बचाउ गर्नुभएको हो।
दिल्लीमा बोल्दै अर्थमन्त्री वाग्लेले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति अब समाप्त भइसकेको बताउनुभएको थियो। सांसद भण्डारीले उक्त भनाइलाई लिएर अनावश्यक टीका–टिप्पणी गरिरहनु नपर्ने धारणा राख्नुभएको छ। अर्थमन्त्रीको अभिव्यक्ति सुझबुझका साथ आएकाले त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उहाँको तर्क छ।
छ महिनाको कार्यकाल पार गरिसकेको सरकारसामु अहिलेको मुख्य चुनौती महँगी नियन्त्रण नै रहेको सांसद भण्डारीले औँल्याउनुभएको छ। महँगी घटाउन सरकारले विशेष ध्यान दिनुपर्ने र ठोस कदम चाल्नुपर्ने उहाँको सुझाव छ। वर्तमान सरकारको कार्यकाल पाँच वर्षको रहेको स्पष्ट पार्दै उहाँले सो अवधिभित्र जनताका अपेक्षा पूरा गरेरै छाड्ने दाबीसमेत गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


