दसैंपछि कुखुराको मासु सस्तियो, जिउँदो कुखुरा किलोमा १० रुपैयाँ घट्यो

दसैं सकिएसँगै कुखुराको मासुको मूल्य घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासुको मूल्य घटाएको हो।
संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाइएको छ। जिउँदो कुखुरासँगै उपभोक्ताले किन्ने तयारी मासुको मूल्य पनि घटाइएको छ।
मूल्य घट्नुको मुख्य कारण बजारमा मासुको खपत घट्नुलाई मानिएको छ।
संघले तोकेको नयाँ मूल्य सोमबारदेखि लागू हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


