एसिया कपमा स्थान बनाएको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानद्वारा ३० लाख रुपैयाँ पुरस्कार घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि क्यानले यो घोषणा गरेको हो। एनपीएल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।
एसिया कपमा छनोट भएको राष्ट्रिय टोलीलाई प्रोत्साहनस्वरूप यो पुरस्कार दिइने क्यानले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


