एनपीएल तेस्रो संस्करणको विजेताले डेढ करोड, उपविजेताले ८० लाख पाउने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले ट्रफीसँगै १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशि घोषणा गरेको हो।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार उपविजेताले ८० लाख र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ पाउनेछन्। चौथो स्थानका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ। शीर्ष चार टोलीलाई कुल ३ करोड रुपैयाँ नगद पुरस्कार दिइनेछ। गत संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो।
तेस्रो संस्करणमा करिब डेढ अर्ब (१५० करोड) रुपैयाँ बराबरको आर्थिक कारोबार हुने कोषाध्यक्ष खड्काले बताएका छन्। यसमध्ये क्यान अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ भने स्पोन्सरसिपबाट मात्रै २० करोड रुपैयाँ संकलन भएको छ।
यस्तै, क्यानका सचिव पारस खड्काले एनपीएलको समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको दाबी गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


