एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, पिसिबीले प्रतिखेलाडी २५ हजार डलर मागेको दाबी

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन एक दिन मात्र बाँकी रहँदा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ।
क्रिकेट पोर्टल क्रिकइन्फोका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आवश्यक पर्ने अनापत्ति प्रमाणपत्र (एनओसी) सम्बन्धमा समस्या देखिएको छ। पिसिबीले प्रतिखेलाडी २५ हजार डलर मागेको दाबी गरिएको छ।
क्रिकइन्फोका अनुसार एनपीएलसँग सम्बन्धित विभिन्न व्यक्तिले यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति तत्कालका लागि रोकिएको जानकारी दिइएको बताएका छन्।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


