'भारतविरोधी राष्ट्रवादको युग सकियो' भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमा ज्ञवालीको आपत्ति

नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिको आलोचना गरेका छन्। अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीमा 'नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो' भनेका थिए।
सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नभएको बताएका छन्। उनले लेखेका छन्, 'कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैमा कुनै युग होइन। त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन।' उनले अर्थमन्त्रीले कुन 'युग'को कुरा गरेको भनेर प्रश्न पनि गरेका छन्।
एमाले नेतृ रामकुमारी झाँक्रीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेकी छन्। उनले 'के हामी गुलाम र लम्पसारवादीबाट शासित हुन अभिशप्त छौँ?' भनी प्रश्न गरेकी छन्।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार रहेका सुवेदीले भने वाग्लेको अभिव्यक्तिको पक्ष लिएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले वाग्लेको अभिव्यक्तिलाई विषयवस्तुका आधारमा गलत ठहर गर्नुपर्ने कारण नदेखिएको बताएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


