इलाममा बोलेरो सडकबाट खस्दा चालकको घटनास्थलमै मृत्यु

इलाममा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहान करिब ६:३० बजे देउमाई नगरपालिका–१ चमैतामा बोलेरो सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
प्रहरीका अनुसार चमैतास्थित चौरीबजारतर्फ जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भएर सडकबाट खसेको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


