धान पाक्ने बेला झापामा हात्तीको त्रास, सशस्त्र प्रहरीद्वारा सचेतना अभियान

झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। किसानहरू खेतमा लगाएको धान जोगाउने प्रयासमा जुटेका छन्।
यसैबीच, चाडपर्वका बेला जङ्गली हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गरेको छ।
अभियानमार्फत सशस्त्र प्रहरीले बाली जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गरेको छ। स्थानीयलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
धानबाली पाक्ने समयमा हात्तीको आवतजावत बढ्ने भएकाले किसान चिन्तित बनेका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


