९ कात्तिक २०८३ English
English

शुक्रबारसम्म विभिन्न भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
शुक्रबारसम्म विभिन्न भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना
तस्बिर: नागरिक

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान सार्वजनिक गरेको छ। पूर्वानुमानअनुसार शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली हुने र वर्षा तथा हिमपातको सम्भावना छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। यसको प्रभावले वर्षा हुने अनुमान गरिएको छ।

यसैबीच बंगालको खाडीमा शक्तिशाली चक्रवात 'अर्नब' बनेको छ। उज्यालोका अनुसार बुधबार रातिदेखि नेपालमा यो प्रणालीको प्रभाव सुरु भई सामान्यदेखि मध्यम वर्षा हुनेछ।

बिहीबारदेखि देशभर वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको बताइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 9 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार