९ कात्तिक २०८३ English
English

एनपीएललाई 'होम एन्ड अवे' ढाँचामा लैजान आठ सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने योजना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएललाई 'होम एन्ड अवे' ढाँचामा लैजान आठ सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने योजना
तस्बिर: रातोपाटी

सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) लाई 'होम एन्ड अवे' ढाँचामा सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरमा क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्।

मन्त्री लम्सालका अनुसार प्रस्तावित रंगशालाहरू फ्लडलाइटसहितका र कम्तीमा ८ हजार दर्शक क्षमताका हुनेछन्। तीन वर्षभित्र आठ प्रमुख सहरमा यस्ता रंगशाला निर्माण गर्ने योजना रहेको उनले बताएका छन्।

रंगशालाहरू बनेपछि क्रिकेट प्रतियोगिता सञ्चालन सहज हुने मन्त्री लम्सालको भनाइ छ। एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 9 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार