एनपीएल उद्घाटन खेलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता लुम्बिनीको विजयी सुरुवात

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराएर विजयी सुरुवात गरेको छ। सुदूरपश्चिम गत संस्करणको उपविजेता हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटमुनि भएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमै अलआउट भएको थियो। यसपछि लुम्बिनीले जितका लागि ८८ रनको लक्ष्य पाएको थियो।
लुम्बिनीका शेर मल्ल र किशोर महतोको घातक बलिङका कारण सुदूरपश्चिमको ब्याटिङ लाइनअप धराशायी बनेको थियो। किशोर महतोले लगातार दुई बलमा दुई विकेट लिएपछि सुदूरपश्चिमले ७० रनमै ९ विकेट गुमाएको थियो।
प्रधानमन्त्री बालेन शाहले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेल हेर्न दुवै टोलीका समर्थकहरू मैदान पुगेका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


