एनपीएल उद्घाटन खेल: लुम्बिनीको घातक बलिङमा सुदूरपश्चिम ८७ रनमा अलआउट

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमायो। अब साविक विजेता लुम्बिनी लायन्सलाई जित्न ८८ रनको लक्ष्य छ।
गत वर्षको उपविजेता सुदूरपश्चिमको सुरुवात कमजोर रह्यो। २४ रनमा पहिलो विकेट गुमाएको टोलीले ८.२ ओभरमा ५३ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। पाण्डे पाँचौँ विकेटका रूपमा आउट भए। १० ओभरमा ५८ रन जोड्दा सात ब्याटर पवेलियन फर्किसकेका थिए। ऐरी र धामी पनि छिट्टै आउट भए।
पाँचौँ विकेट खसेपछि क्रिजमा आएका शेरफन रदरफोर्ड ४ बलमा १ रन मात्र बनाएर शेर मल्लको बलमा आसिफ शेखलाई क्याच दिँदै आउट भए। सुदूरपश्चिमले बनाएको यो स्कोर अघिल्लो संस्करणको फाइनलमा बनाएको स्कोरभन्दा दुई रन बढी हो।
लुम्बिनीका लागि किशोर महतोले चार विकेट लिए। शेर मल्लले तीन ओभरमा १० रन खर्चेर तीन विकेट लिए। शाड्ली भान, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक-एक विकेट लिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


