गुल्मीमा स्कारपियो दुर्घटना: ५ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन्।
कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो सडकबाट खस्दा दुर्घटना भएको हो। सुरुको विवरणमा दुर्घटनामा ९ जना घाइते भएको र तीमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको थियो।
घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। घटनास्थलमै ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको डीएसपी विश्वकर्माले जानकारी दिए।
मृतक र घाइतेको पहिचानबारे स्रोतहरूले अहिलेसम्म थप विवरण दिएका छैनन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
