९ कात्तिक २०८३ English
English

डा. गोविन्द केसीले सरकारलाई अल्टिमेटम दुई दिन थपे

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
डा. गोविन्द केसीले सरकारलाई अल्टिमेटम दुई दिन थपे

YouTube मा सब्स्क्राइब

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सरकारलाई दिएको अल्टिमेटमको अवधि थप दुई दिन लम्ब्याउनुभएको छ। उहाँले कात्तिक २ गते सरकारलाई सात दिनको अल्टिमेटम दिनुभएको थियो।

सो अवधिमा दशैँको सार्वजनिक बिदा परेकाले माग सम्बोधन गर्न सरकारलाई अतिरिक्त समय दिइएको उहाँले प्रेस विज्ञप्ति जारी गरी जनाउनुभएको छ। विज्ञप्तिअनुसार यो अल्टिमेटम सत्याग्रहसहितको आन्दोलनका लागि दिइएको हो। डा.

केसीका माग चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, जवाफदेहिता, सुशासन र सामाजिक न्यायसँग जोडिएका छन्। ती मागमाथि सरकारले बेवास्ता मात्र होइन, प्रहारसमेत गरेको आरोप विज्ञप्तिमा लगाइएको छ। थपिएको दुई दिनभित्र पनि माग सम्बोधन नभए आमरण अनशनसहितको सत्याग्रह र अन्य कडा आन्दोलन अघि बढाउन बाध्य हुने चेतावनी डा.

केसीले दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार