९ कात्तिक २०८३ English
English

संसद्‌मा ३६ विधेयक विचाराधीन, राष्ट्रिय सभा विधेयकविहीन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
संसद्‌मा ३६ विधेयक विचाराधीन, राष्ट्रिय सभा विधेयकविहीन

YouTube मा सब्स्क्राइब

सङ्घीय संसद्का दुवै सदनमा हाल ३६ वटा विधेयक विचाराधीन रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। तीमध्ये २४ वटा विधेयक प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा छन्। सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सबैभन्दा धेरै ५ वटा र अर्थ समितिमा ४ वटा विधेयक छलफलको पर्खाइमा छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला र कानुन, न्याय तथा मानव अधिकार समितिमा ३–३ वटा विधेयक छन्। राष्ट्रिय सभाका समितिमा भने एउटा पनि विधेयक विचाराधीन छैन। राष्ट्रिय सेवा दल विधेयकको सन्देश भने राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी छ।

यसबीच प्रतिनिधि सभामा नयाँ दर्ता भएका विधेयकको सङ्ख्या ७ पुगेको छ। तीमध्ये सङ्घीय निजामती सेवा विधेयक, २०८३ एउटा हो भने बाँकी ६ वटा संसद् अधिवेशन अन्त्य भएपछि दर्ता भएका हुन्।

स्रोत

सम्बन्धित समाचार