खेतालाको अभाव, धान झार्न थ्रेसरको प्रयोग बढ्दै

कामदारको अभाव र बढ्दो ज्यालाका कारण कपिलवस्तुका किसानले धान झार्न थ्रेसर मेसिनको प्रयोग बढाएका छन्। धान काट्ने र भित्र्याउने बेला खेताला नपाइँदा परम्परागत दाइँमा धेरै समय र पैसा लाग्ने भएपछि किसान मेसिनतर्फ आकर्षित भएका हुन्। जिल्लाका सबै १० स्थानीय तहका किसानले धान र पराल छुट्याउन यस्तो मेसिन चलाउन थालेका छन्।
कपिलवस्तु नगरपालिका–६ थुम्हवाका कृषक प्रभु धोवीले गाउँमा कामदार पाउनै गाह्रो भएको र पाइए पनि ज्याला महँगो पर्ने बताउनुभएको छ। मेसिनले काम छिटो सकिने र खर्च पनि घट्ने भएकाले अहिले त्यसैमा भर परेको उहाँको भनाइ छ। महाराजगञ्ज नगरपालिका–२ पडरियाका कृषक विनोद भुजका अनुसार गोरु र मजदुर दुवै घटेको अवस्थामा सानो थ्रेसर खेतसम्मै पुर्याउन र चलाउन सजिलो छ।
बिहान, दिउँसो र साँझ जुनसुकै बेला मेसिन चलाउन मिल्ने सुविधा पनि उहाँले औँल्याउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


