९ कात्तिक २०८३ English
English

भारतमा बनेको प्रियागोल्ड बिस्कुटको बिक्रीमा रोक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भारतमा बनेको प्रियागोल्ड बिस्कुटको बिक्रीमा रोक

YouTube मा सब्स्क्राइब

सरकारले भारतको सूर्या फुड एण्ड एग्रो लिमिटेडले उत्पादन गर्ने प्रियागोल्ड ब्रान्डका सबै बिस्कुटको नेपालमा बिक्री वितरणमा रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त बिस्कुट मानिसले खाने खालको नभएको र खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत पाइएको जनाएको छ। विभागको सार्वजनिक सूचनाअनुसार भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणको परीक्षणमा यो बिस्कुट बनाउन गाईवस्तुलाई खुवाइने चोकर र दाना प्रयोग गरिएको भेटिएको थियो।

भारतमा भने यो ब्रान्डको बिस्कुट मानव उपभोगका लागि पहिल्यै प्रतिबन्धित थियो। नेपालमा पनि आयात हुँदै आएको सो बिस्कुट अब बेच्न र खान रोक लगाइएको विभागले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार