प्रधानमन्त्री बालेन शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन, पावर प्लेमै सुदूरपश्चिमका ४ विकेट पतन

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको औपचारिक उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार आयोजित समारोहमा उनले अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्। प्रधानमन्त्री शाहले खेलाडीसँग हात मिलाएर शुभकामना पनि दिएका थिए। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि उद्घाटन खेल हेर्न मैदान पुगेका थिए।
उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ रोजेपछि सुदूरपश्चिम ब्याटिङमा उत्रिएको हो।
सुदूरपश्चिमले पावर प्लेमै चार विकेट गुमाएको छ। ओपनर विनोद भण्डारी ८ बलमा ९ रन बनाएर शेर मल्लको बलमा एलबीडब्लु भए। आरिफ शेख किशोर महतोको बलमा शून्यमै आउट भए। ब्रान्डन म्याकमुलेन र सैफ अली जैब पनि आउट भएका छन्, जैबले १३ रन बनाए।
यस खेलमा नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक अम्पायर डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग भएको छ। एलबीडब्लुको निर्णय पुनरावलोकन गर्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिएको छ। आरिफ डीआरएसबाट एक पटक जोगिए पनि पछि क्याचआउट भएका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


