९ कात्तिक २०८३ English
English

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
तस्बिर: नागरिक

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छन्। चितवनमा सोमबार भएको छलफलमा उनले यस्तो बताएकी हुन्।

मन्त्री रावलले लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि दुःख भोग्नुपरेको बताइन्। उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। उनले अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन्।

मन्त्री रावलले दसैँ–तिहारपछि सरकारले भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई तीव्रता दिने पनि बताइन्।

छलफलका क्रममा स्थानीयले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ९ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 9 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार