१० कात्तिक २०८३ English
English

स्याङ्जाका किसानलाई केरा खेतीबाट वार्षिक ११ लाख आम्दानी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
स्याङ्जाका किसानलाई केरा खेतीबाट वार्षिक ११ लाख आम्दानी

YouTube मा सब्स्क्राइब

स्याङ्जाको चापाकोट–१० आँधीघाटका किसान प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ। एक रोपनीमा १०० बिरुवा रोपेर सुरु गरेको खेती उहाँले अहिले ६१ रोपनी जमिनमा ६ हजार १०० बिरुवासम्म पुर्‍याउनुभएको छ। यसमध्ये १३ रोपनी आफ्नै र बाँकी अरूको जग्गा भाडा तथा बन्धकीमा लिइएको हो।

कालीगण्डकी नदी किनारको खेतमा केरा राम्रो फल्ने ठानेर सुरु गरिएको यो खेती अहिले फस्टाएको छ। केराबाट राम्रो आम्दानी हुन थालेपछि पहिले धान र मकै लगाइने जमिनमा पनि केरा रोपिएको छ। सुरुमा स्थानीय मालभोग र जी नाइन जात लगाए पनि अहिले उहाँले मालभोग मात्र राख्नुभएको छ।

अन्य खेतीभन्दा केरा खेती सजिलो भएको र बजारमा माग उच्च रहेको उहाँको भनाइ छ। धेरै व्यवसायमा हात हाले पनि सबैभन्दा बढी सन्तोष केरा खेतीले दिएको पङ्गेनीले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार