१० कात्तिक २०८३ English
English

एनपीएल: मलानको सिजनकै पहिलो अर्धशतक, विराटनगरलाई १५८ रनको लक्ष्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल: मलानको सिजनकै पहिलो अर्धशतक, विराटनगरलाई १५८ रनको लक्ष्य

YouTube मा सब्स्क्राइब

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किङ्सलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन्। पहिले ब्याटिङ गर्दै चितवनले ३ विकेटको क्षतिमा निर्धारित २० ओभरमा १५७ रन बनाएको छ।

इङ्ल्यान्डका ओपनर डेभिड मलानले सर्वाधिक ७० रन बनाएका छन्। उनले ५ चौका र ५ छक्का प्रहार गरेका छन्। उनले ४१ बलमै अर्धशतक पूरा गर्दै यस सिजनको पहिलो अर्धशतक आफ्नो नाममा लेखाएका छन्।

मलान र देव खनालले पहिलो विकेटमा ५८ रन थपेका छन्। खनाल १२ र अर्जुन साउद ३ रनमा पभेलियन फर्किएका छन्। एनपीएलमा पहिलो खेल खेलेका आन्द्रे रसेलले मलानलाई आउट गरेका छन्।

त्यसपछि कप्तान रवि बोपारा र डान मौस्लीले चौथो विकेटमा अविजित साझेदारी गरेका छन्। बोपाराले २६ बलमा ३२ र मौस्लीले २२ बलमा २९ रन बनाएका छन्। विराटनगरका रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाले एक–एक विकेट लिएका छन्।

नियमित कप्तान कुशल मल्ल अन्तिम एघारमा नपरेपछि बोपाराले चितवनको नेतृत्व गरेका छन्। जवाफी ब्याटिङमा विराटनगरले पावरप्लेको ६ ओभरमा १ विकेट गुमाएर ४६ रन बनाएको छ। ओपनर लोकेश बम १४ बलमा २६ रन बनाएर आउट भएका छन्।

स्रोत

सम्बन्धित समाचार