१० कात्तिक २०८३ English
English

ह्यारी केन र एलेक्सिया पुतेलासले जिते सन् २०२६ को बालोन डि'ओर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ह्यारी केन र एलेक्सिया पुतेलासले जिते सन् २०२६ को बालोन डि'ओर
तस्बिर: नेपाल प्रेस

बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान एलेक्सिया पुतेलासले सन् २०२६ को बालोन डि'ओर उपाधि जितेका छन्। फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड पुरुषतर्फ केन र महिलातर्फ पुतेलासले हात पारेका हुन्।

३३ वर्षीय इंग्लिस स्ट्राइकर केनले यो अवार्ड जित्दै २५ वर्षपछि बालोन डि'ओर जित्ने पहिलो इंग्लिस खेलाडी बन्ने उपलब्धि हासिल गरेका छन्। यसअघि सन् २००१ मा इंग्ल्यान्डका माइकल ओवेनले यो अवार्ड जितेका थिए।

ओवेनपछि कुनै पनि इंग्लिस खेलाडीले यो अवार्ड जित्न सकेका थिएनन्। केनले यो उपाधि जर्मन क्लब बायर्न म्युनिखबाट खेलिरहेका बेला जितेका हुन्।

महिलातर्फ बालोन डि'ओर जित्ने एलेक्सिया पुतेलास स्पेनिस क्लब बार्सिलोनाकी कप्तान हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार