औद्योगिक क्षेत्रबाट गाडीका सर्भिस सेन्टर र ग्यारेज हटाइने, नयाँ नियमावली लागु

औद्योगिक क्षेत्रभित्र उत्पादनमूलक उद्योगका लागि छुट्याइएका जग्गा र भवनमा चलिरहेका गाडीका सर्भिस सेन्टर, वर्कसप र सोरुम हटाइने भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पुरानो नियमावली खारेज गरेको छ। त्यसको सट्टा 'औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३' लागु गरेर यो व्यवस्था गरेको हो।
नयाँ नियमावलीअनुसार औद्योगिक क्षेत्रभित्रका ग्यारेज र गैरउत्पादनमूलक उद्योगलाई उत्पादनमूलक उद्योगमा बदलिन अल्टिमेटम दिइएको छ। तोकिएअनुसार नबदलिए तिनीहरूसँगको सम्झौता खारेज गरिनेछ।
औद्योगिक क्षेत्रको जग्गा र भवन उत्पादनमूलक उद्योगकै लागि प्रयोग गराउने उद्देश्यले यो कदम चालिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

