हाटबजार राजस्व हिनामिना: गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नगरपालिकामा पशु, बाख्रा र गुदरी हाटबजारको ठेक्का तथा राजस्व संकलनमा १ करोड ६० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो।
प्रतिवादी बनाइएकामा तत्कालीन नगरप्रमुख तेलीसँगै उपप्रमुख रेशम कुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्याल तथा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत छन्।
आयोगका प्रवक्ताका अनुसार उनीहरूविरुद्ध हाटबजारको राजस्वसम्बन्धी अनियमितताको आरोपमा मुद्दा चलाइएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


