१० कात्तिक २०८३ English
English

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंको राजीनामा स्वीकृत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंको राजीनामा स्वीकृत
तस्बिर: रातोपाटी

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।

उनले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका थिए। प्रदेश प्रमुखले उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

अध्यक्ष गुरागाईंमाथि विभिन्न आर्थिक तथा पदीय अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप लागेका थिए। यस्ता आरोप खेपिरहेका बेला उनले अन्ततः पद छाडेका हुन्।

उनको राजीनामा लागू भएपछि कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्ष पद रिक्त हुनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार