सप्तकोशी पानीबोट दुर्घटनाको छानबिन गर्न कोशी सरकारले बनायो समिति, सात दिनमा प्रतिवेदन

कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ। दुर्घटनाको कारण र यथार्थ पत्ता लगाउन यो समिति बनाइएको हो।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिव आशमान तामाङको अध्यक्षतामा छानबिन समिति गठन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाले जानकारी दिए। समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समयसीमा दिइएको छ।
समितिले दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गरी प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछ।
सोही बैठकले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


