१० कात्तिक २०८३ English
English

शिक्षामन्त्री र साइप्रसका राजदूतबीच नेपाली विद्यार्थीबारे छलफल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
शिक्षामन्त्री र साइप्रसका राजदूतबीच नेपाली विद्यार्थीबारे छलफल

YouTube मा सब्स्क्राइब

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेससँग भेट गरी साइप्रसमा पढिरहेका नेपाली विद्यार्थीको हित र उच्च शिक्षामा सहकार्यबारे छलफल गर्नुभएको छ। मङ्गलबार सिंहदरबारमा रहेको मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषय पनि उठेको मन्त्रालयले जनाएको छ। साइप्रसका विश्वविद्यालय र उच्च शिक्षण संस्थामा अध्ययनरत नेपालीलाई आवश्यक सहयोग गर्ने, उनीहरूको हित जोगाउने र समस्या आए समाधानमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो।

नेपाली विद्यार्थीको उच्च शिक्षा गन्तव्यमध्ये एक बनेको साइप्रसको सरकारबाट यस्तो सहजीकरणमा सहयोग लिने विषय पनि छलफलमा थियो। उच्च शिक्षामा हुँदै आएको सहकार्यबारे पनि दुवै पक्षबीच कुरा भएको छ। मन्त्री पोखरेलले विदेश पढ्न जाने विद्यार्थीलाई अनापत्ति पत्र अर्थात् एनओसी दिने र विदेशी शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने प्रक्रिया सरल बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार