१० कात्तिक २०८३ English
English

साउनदेखि ४ सचिवसहित ४६४ सरकारी कर्मचारीको राजीनामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
साउनदेखि ४ सचिवसहित ४६४ सरकारी कर्मचारीको राजीनामा

YouTube मा सब्स्क्राइब

चालु आर्थिक वर्ष सुरु भएको साउन १ गतेयता ४ सचिवसहित ४ सय ६४ निजामती कर्मचारीले सरकारी सेवाबाट राजीनामा दिएका छन्। यो विवरण करिब तीन महिनाको हो। राष्ट्रिय किताबखाना (निजामती) का निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार यसमा २ सय ७ जना राजपत्राङ्कित र २ सय ५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्।

राजपत्राङ्कित तहमा ४ सचिवबाहेक ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृतले पद छाडेका छन्। यसरी उपसचिव र त्यसभन्दा माथिका १ सय ९ जनाले सेवा छाडेका छन्। अनङ्कित तहमा सबैभन्दा धेरै १ सय ३७ जना खरदार र नायब सुब्बा छन् भने श्रेणीविहीन कर्मचारी १ सय २० जना छन्।

सरकारले यी सबै राजीनामा स्वीकृत गरिसकेको छ। निजामती कर्मचारी विधेयकमा ३० वर्ष सेवा पूरा गरेका वा ५५ वर्ष उमेर पुगेकाले पद छाड्नुपर्ने प्रावधान राखिएपछि यसरी राजीनामा दिइएको हो।

स्रोत

सम्बन्धित समाचार