बाजुराको बार्जुगाड खोलामा १० वर्षमा बनेको पुल अझै सञ्चालनमा आएन

बाजुराको बेतालमाडौँ–डेल्टा सडकअन्तर्गत बार्जुगाड खोलामा बनेको पक्की पुल निर्माण सकिएको महिनौँ बितिसक्दा पनि सञ्चालनमा आएको छैन। खप्तड छेडेदह गाउँपालिका–३ र बूढीगङ्गा नगरपालिका–४ जोड्ने यो पुल दुई वर्षमा बन्नुपर्नेमा १० वर्ष लागेको छ। विसं २०७३ मा तत्कालीन जिल्ला विकास समितिले करिब २ करोड २९ लाख रुपैयाँमा दुई वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो।
स्थानीय रामबहादुर रावतका अनुसार पुल नहुँदा विद्यार्थी, बिरामी र दैनिक काममा हिँड्ने स्थानीयले वर्षामा जोखिम मोलेर खोला तर्नुपर्थ्यो। अहिले पैदल आवतजावत सहज भए पनि पुल सञ्चालनमा नआउँदा सवारी आवागमनको समस्या जस्ताको तस्तै छ। पुल बनेपछि सहज यातायात सेवा पाइने आशा गरेका स्थानीयले पुरानै समस्या भोग्नुपरेको उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


