१० कात्तिक २०८३ English
English

चाडपर्व सकिनेबित्तिकै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्व सकिनेबित्तिकै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई
तस्बिर: रातोपाटी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिनेबित्तिकै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले देशमा आन्दोलन गर्ने र सरकार परिवर्तन गर्ने विषयमा चर्चा हुन थालेकोप्रति असन्तुष्टि जनाएका हुन्।

भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘देशलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ ?’

पूर्वप्रधानमन्त्री भट्टराईको यो धारणा चाडपर्वपछि आन्दोलनमार्फत सरकार परिवर्तन गर्ने विषयमा चर्चा हुन थालेका बेला सार्वजनिक भएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार