वैदेशिक रोजगार मुद्दाका फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको अल्टिमेटम

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका फरार व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीका आरोपमा पक्राउ पुर्जी जारी भएर सम्पर्कविहीन रहेका व्यक्तिहरूलाई तोकिएको अवधिभित्र उपस्थित हुन आग्रह गरेको हो।
तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैंकिङ कारोबार रोक्का लगायतका कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।
विभागले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका तर फरार रहेका व्यक्तिहरूलाई लक्षित गरी यो सूचना जारी गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


