१० कात्तिक २०८३ English
English

आनी छोइङको नियुक्तिविरुद्ध प्रदर्शन गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आनी छोइङको नियुक्तिविरुद्ध प्रदर्शन गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ
तस्बिर: अनलाइनखबर

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विरोध गरेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँसहित दुई जना पक्राउ परेका छन्।

नियुक्तिको विरोधमा मन्त्रीको तस्बिर जलाएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले खाँलाई गएराति मध्यरातमा घरमा सुतिरहेकै अवस्थामा पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुवै जनाको पक्राउ पुष्टि गरेको छ। प्रहरीका अनुसार सार्वजनिक स्थानमा ‘उच्छृंखल गतिविधि’ गरेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ। महाअभियानले आनी छोइङको नियुक्ति बदर गर्नुपर्ने माग गर्दै आएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार