१० कात्तिक २०८३ English
English

आमादब्लम हिमाल चढेर फर्कंदै गर्दा लडेर जर्मन आरोहीको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आमादब्लम हिमाल चढेर फर्कंदै गर्दा लडेर जर्मन आरोहीको मृत्यु
तस्बिर: अनलाइनखबर

सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ। आमादब्लम ६ हजार ८१४ मिटर अग्लो छ।

उनी हिमालको चुचुरोमा पुगेर फर्कंदै थिए। ओर्लने क्रममा उनी करिब एक हजार ५०० मिटर तल खसेका थिए।

सगरमाथा पनि सोलुखुम्बु जिल्लामै पर्छ। यही जिल्लाको आमादब्लम हिमाल नेपाली तथा विदेशी आरोहीमाझ लोकप्रिय छ।

शरद ऋतुको आरोहण मौसम अहिले चलिरहेको छ। यो मौसममा आमादब्लम चढ्न ३०० भन्दा बढी आरोहीले अनुमति लिएका छन्।

समाचार स्रोतहरूले मृतक आरोहीको नाम खुलाएका छैनन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार