‘अर्नब’ चक्रवातको असर नेपालसम्म पर्ने, बिहीबारअघि नै धान काटेर भित्र्याउन आग्रह

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले किसानलाई धान काट्ने र भित्र्याउने काम बिहीबारअघि नै सम्पन्न गर्न आग्रह गरेको छ।
भारतमा चक्रवात प्रवेश गरेसँगै यसको असर नेपालसम्म पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। मौसम विज्ञान विभागले चक्रवात ‘अर्णव’को प्रभावले आगामी दिनमा भारी वर्षाको पूर्वानुमान गरेको छ।
सम्बन्धित निकायले नागरिकलाई मौसमसम्बन्धी सूचनामा ध्यान दिँदै सतर्क रहन आग्रह गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


