१० कात्तिक २०८३ English
English

कुरिनटारमा ट्रक, बस र माइक्रो ठोक्किँदा ११ जना घाइते, पृथ्वी लोकमार्ग अवरुद्ध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कुरिनटारमा ट्रक, बस र माइक्रो ठोक्किँदा ११ जना घाइते, पृथ्वी लोकमार्ग अवरुद्ध
तस्बिर: नेपाल प्रेस

चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा आज बिहान ट्रक, बस र माइक्रो आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। दुर्घटना बिहान ८:४५ बजे भएको हो।

दुर्घटनामा परेका सवारी साधनमध्ये एउटा सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको थियो।

दुर्घटनापछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ।

घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार