मधेश सरकार सङ्कटमा: कांग्रेसलाई विश्वास जोगाउन हम्मे, नयाँ समीकरणको गृहकार्य

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको मधेश प्रदेश सरकार जोगाउन नेपाली कांग्रेसलाई कठिन भएको छ। एमाले असोज ३० गते मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट बाहिरिएको थियो। कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवले अब निर्धारित समयसीमाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ।
विश्वासको मत पाउन कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ। मुख्यमन्त्री यादवसँग हाल कांग्रेसका २२ र नेकपाका १५ गरी ३७ सांसद मात्र छन्। अर्कोतर्फ जसपा नेपाल, एमाले र अन्य दलबीच नयाँ सत्ता समीकरणबारे छलफल चलिरहेको छ।
तर नयाँ सरकार गठनबारे दलहरूबीच औपचारिक निर्णय भने भइसकेको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


