१० कात्तिक २०८३ English
English

सुदूरपश्चिम: कांग्रेसले माग्यो मुख्यमन्त्री भट्टसहित सरकारको राजीनामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुदूरपश्चिम: कांग्रेसले माग्यो मुख्यमन्त्री भट्टसहित सरकारको राजीनामा

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ। कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०८३/८४ को बजेट तयार पार्ने र पारित गर्ने प्रक्रियामा प्रदेश सरकार गैरजिम्मेवार देखिएको निष्कर्ष बैठकले निकालेको छ।

संवैधानिक, कानुनी र राजनीतिक आधारसमेत देखाउँदै कांग्रेसले सरकारलाई तत्काल पद छाड्न भनेको छ। बैठकले सभामुख भीमबहादुर भण्डारीमाथि पदीय मर्यादा बिर्सेको आरोप पनि लगाएको छ। बजेट पारित गराउने प्रक्रियामा सभामुखको भूमिकामाथि पनि कांग्रेसले प्रश्न उठाएको छ।

नेकपाका नेता भट्ट सत्ता समीकरण फेरिएपछि साउन २९ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। उहाँको सरकारले शाह नेतृत्वको अघिल्लो सरकारको बजेट काम नलाग्ने भन्दै पूरक बजेट ल्याउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार असोज २५ गते चालु आर्थिक वर्षको बजेट ल्याइएको थियो।

स्रोत

सम्बन्धित समाचार