घोराही–तुलसीपुर चार लेन सडकमा तिहारपछि ग्राबेल

दाङको घोराही–तुलसीपुर चार लेन सडकमा तिहारलगत्तै ग्राबेल गर्ने तयारी भएको छ। निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभीका इन्जिनियर सुनिल ढुङ्गानाका अनुसार पर्खाल र नाली निर्माण अन्तिम चरणमा पुगेको छ। उहाँका अनुसार करिब १८ किलोमिटर पर्खाल बनिसकेको छ।
संरचना निर्माणको काम तिहारसम्म सकिएपछि ग्राबेल सुरु गरिने उहाँको भनाइ छ। सडकको भौतिक प्रगति १६ प्रतिशत र आर्थिक प्रगति १५ प्रतिशत पुगेको इन्जिनियर ढुङ्गानाले बताउनुभएको छ। करिब ४० करोड रुपैयाँ बराबरको काम सकिएको उहाँको भनाइ छ।
यो सडक यसअघि ५ वर्षसम्म अलपत्र परेकाले स्थानीय नागरिकले गुनासो गर्दै आएका थिए। पुनः ठेक्का लगाएर २०८२ असारमा सम्झौता भएपछि निर्माण कम्पनीले काम अघि बढाएको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


