विमानस्थलको कार्गोबाट कागजपत्रबिना पठाउन लागिएको चुरोट बरामद

प्रहरीले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट कानुनी कागजपत्र नभएको चुरोटको खेप विदेश जानुअघि नै बरामद गरेको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार बरामद चुरोट करिब १ हजार प्याकेट छ। ती प्याकेट करिब १०० बन्डलमा एउटै कार्टुनमा प्याक गरिएका थिए।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनको ‘ए साइड’ मा रहेको एक्सरे मेसिनले विदेश पठाइने सामान जाँच्दा उक्त कार्टुन शङ्कास्पद देखिएको थियो। एक निजी लजिस्टिक कम्पनीमार्फत विदेश पठाउन लागिएको कार्टुनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर थप परीक्षण गरेका थिए। कार्टुन खोलेर जाँच गर्दा त्यसभित्र ‘सूर्य लक्जरी किङ’ लेखिएको चुरोट भेटिएको प्रहरी उपरीक्षक एवं विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले बताउनुभएको छ।
उहाँका अनुसार विदेश पठाउन चाहिने कानुनी कागजपत्र पूरा नगरिएकाले यो सामान अवैध रूपमा पठाउन खोजिएको देखिएको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

