१० कात्तिक २०८३ English
English

लामो बिदाले कात्तिकमा सरकारी कार्यालय खुल्ने दिन थोरै

· १ मिनेट पढाइ
लामो बिदाले कात्तिकमा सरकारी कार्यालय खुल्ने दिन थोरै

YouTube मा सब्स्क्राइब

लगातार ९ दिनको दशैँ बिदापछि सरकारी कार्यालय, बैंक र सार्वजनिक सरोकारका निकाय सोमबारदेखि खुलेका छन्, तर यो महिना कार्यालय खुल्ने दिन निकै कम छन्। दशैँ बिदा असोज ३१ गते शनिबार फूलपातीका दिन सुरु भएर आइतबार कोजाग्रत पूर्णिमामा सकिएको थियो। बिदाको तालिकाअनुसार अब ५ दिन कामकाज भएपछि शनिबार र आइतबार गरी २ दिन कार्यालय बन्द रहनेछन्।

त्यसपछिको ५ दिन कार्यालय खुल्नेछन् भने २१ गते शनिबारदेखि २६ गतेसम्म तिहारसहित लगातार ६ दिन बिदा हुनेछ। २७ गते शुक्रबार खुलेका कार्यालय त्यसपछिको शनिबार र आइतबार फेरि बन्द हुनेछन्, जसमध्ये आइतबार छठ पर्व पनि परेको छ। त्यसपछि १ दिन मात्र कार्यालय खुलेर कात्तिक महिना सकिनेछ।

यो हिसाबले ३० दिनको कात्तिकमा करिब १२ दिन मात्र कार्यालय खुल्ने र करिब १८ दिन बन्द रहने देखिएको छ। शनिबारसँगै आइतबार पनि साप्ताहिक बिदा हुन थालेको र दशैँ–तिहार एकै महिनामा परेकाले यस्तो अवस्था आएको हो। लामो बिदाका कारण सेवाग्राहीले कार्यालयबाट पाउने सरकारी तथा सार्वजनिक सेवा प्रभावित हुने देखिएको छ।

स्रोत

सम्बन्धित समाचार