१० कात्तिक २०८३ English
English

अमेरिकी संसदीय टोली सभामुख अर्यालसँग: आर्थिक साझेदारी र जलवायु जोखिमबारे छलफल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अमेरिकी संसदीय टोली सभामुख अर्यालसँग: आर्थिक साझेदारी र जलवायु जोखिमबारे छलफल

YouTube मा सब्स्क्राइब

अमेरिकी प्रतिनिधिसभाको वेज एन्ड मिन्स कमिटीका सभापति जेसन स्मिथको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेको छ। भेटमा दुई देशको सम्बन्ध, आर्थिक साझेदारी, जलवायु परिवर्तनले निम्त्याउने विपद्को व्यवस्थापन र संसदीय सहकार्यबारे कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ। सभामुख अर्यालले रसुवा र भोटेकोशी क्षेत्रको बाढीपछि अमेरिकाले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद दिनुभएको छ।

बाढीपछिको विपद् व्यवस्थापनमा सरकारले सक्दो प्रयास गरेको पनि उहाँले बताउनुभएको छ। सभामुखका अनुसार तान्जानियाको आरुषामा हालै भएको अन्तरव्यवस्थापिका सङ्घ, अर्थात् आइपियूको १५३औँ महासभामा नेपालले हिमाली र जोखिमयुक्त क्षेत्रको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन कार्यसूची पेस गरेको थियो। जोखिमयुक्त क्षेत्रमा क्षति घटाउन, विपद्को पूर्वतयारी गर्न र उत्थानशीलता बढाउन अन्तर्राष्ट्रिय र अन्तरसंसदीय सहकार्य थप प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

जलवायुजन्य विपद्को सामना गर्न आर्थिक र प्राविधिक रूपमा सक्षम राष्ट्रले जिम्मेवार ढङ्गले सहयोग गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभएको छ। नेपाल–अमेरिका सम्बन्धलाई लगानी र आर्थिक साझेदारी बढाउनेतर्फ लैजानुपर्ने सभामुखको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार