९ कात्तिक २०८३ English
English

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति राजेश हमालको आपत्ति, 'पदीय सीमा नाघेको' टिप्पणी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति राजेश हमालको आपत्ति, 'पदीय सीमा नाघेको' टिप्पणी
तस्बिर: नेपाल प्रेस

वरिष्ठ अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै नयाँ दिल्लीमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै हमालले अर्थमन्त्रीले मन्त्रीस्तरीय सीमा नाघेर नेपाल–भारत सम्बन्धबारे अभिव्यक्ति दिएको बताएका हुन्। उनले परराष्ट्र नीति कुनै व्यक्तिको निजी स्वविवेकको विषय नभएको पनि उल्लेख गरेका छन्।

हमालले राष्ट्रिय हित र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर पर्ने गरी कुनै पनि पदाधिकारीले अभिव्यक्ति दिन नहुने धारणा राखेका छन्। उनले अर्थमन्त्रीको अभिव्यक्तिले सार्वभौमसत्ता र पदीय मर्यादामा आँच पुर्‍याएको आरोप पनि लगाएका छन्।

नेपाल र भारतबीच सीमा समस्या तथा आर्थिक परनिर्भरताजस्ता ऐतिहासिक जटिलता रहेको उल्लेख गर्दै उनले सरकारलाई भाषणबाजीभन्दा स्थापित कूटनीतिक संयन्त्रमार्फत तथ्यमा आधारित ढंगले अघि बढ्न आग्रह गरेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ९ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 9 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार