१० कात्तिक २०८३ English
English

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १८ अर्ब १३ करोड रुपैयाँ जम्मा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १८ अर्ब १३ करोड रुपैयाँ जम्मा
तस्बिर: सेतोपाटी

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म १८ अर्ब १३ करोड रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।

बाढीपछि विभिन्न व्यक्ति तथा संघसंस्थाले यी कोषमा सहयोग गर्दै आएका छन्।

यसैबीच, अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय श्री पशुपतिनाथ फाउन्डेसन लस एन्जलसले भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि डेढ करोड रुपैयाँ सहयोग गरेको छ।

बाढीपीडितका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार