१० कात्तिक २०८३ English
English

दसैँपछि आपूर्ति बढ्दा उपत्यकामा तरकारी सस्तियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँपछि आपूर्ति बढ्दा उपत्यकामा तरकारी सस्तियो

YouTube मा सब्स्क्राइब

दसैँपछि बजारमा आपूर्ति बढेसँगै काठमाडौँ उपत्यकामा हरियो तरकारीको मूल्य घटेको छ। पछिल्लो दुई दिनमा धेरैजसो तरकारीको भाउ प्रतिकेजी झन्डै ४६ प्रतिशतसम्म झरेको छ। गाजर, बन्दा, काउली, भन्टा, घिउ सिमी, तितेकरेला, रायो साग, बरेला, परवर, हरियो फर्सी र काँक्रोलगायत तरकारी सस्तिएका छन्।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कालीमाटी थोक बजारमा गोलभेडा प्रतिकेजी करिब ६५ रुपैयाँ र सुकेको प्याज करिब ८७ रुपैयाँमा झरेको छ। समितिका अनुसार अहिले प्रतिकेजी गाजर करिब ११० रुपैयाँ र बन्दा करिब ३८ रुपैयाँ छ। काउली करिब ४५, रायो साग करिब ४० र तितेकरेला करिब ७५ रुपैयाँमा झरेको छ।

दुई दिनअघि प्रतिकेजी करिब २२५ रुपैयाँ पर्ने मटरकोसा अहिले करिब १३० रुपैयाँमा झरेको छ। यसअनुसार मटरकोसाको भाउ दुई दिनमै करिब ९५ रुपैयाँले घटेको छ। दसैँका बेला व्यापारीहरूले आपूर्ति घटेको भन्दै तरकारीको भाउ बढाएका थिए।

समितिका सूचना अधिकारी विदुरप्रसाद आचार्यले मागको तुलनामा आपूर्ति बढी हुँदा मूल्य घटेको बताउनुभएको छ। दसैँ मनाउन गाउँघर गएका धेरै उपभोक्ता अझै नफर्किएकाले माग कम भएको हुन सक्ने उहाँको अनुमान छ। बजारमा भने तरकारीको आवक बढ्दै गएको उहाँले उल्लेख गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार