१० कात्तिक २०८३ English
English

जग्गा कित्ताकाट खुलाउने तयारी, अर्को मन्त्रिपरिषद्बाट निर्णय हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जग्गा कित्ताकाट खुलाउने तयारी, अर्को मन्त्रिपरिषद्बाट निर्णय हुने

YouTube मा सब्स्क्राइब

सरकारले जग्गाको कित्ताकाट खुलाउने तयारी गरेको छ। नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीका अनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसको तयारी पूरा भइसकेको र आउँदो मन्त्रिपरिषद् बैठकबाटै निर्णय हुने बताउनुभएको छ। अधिकारीको नेतृत्वमा चितवनका जग्गा व्यवसायीको टोलीले मंगलबार सौराहामा मन्त्री रावललाई भेटेको थियो।

मन्त्री रावल चितवनमा विभिन्न कार्यक्रममा सहभागी हुन पुग्नुभएको छ। टोलीले कित्ताकाट बन्द हुँदा घरजग्गा कारोबार सुस्ताएको गुनासो गरेको छ। भरतपुरमा जग्गा वर्गीकरण नसकिएकाले तत्कालका लागि म्याद एक वर्ष थपेर कित्ताकाट खुलाउन व्यवसायीले माग गरेका छन्।

अध्यक्ष अधिकारीले जग्गा कारोबारबाट सरकारले उल्लेख्य राजस्व पाउने भएकाले यो क्षेत्र व्यवस्थित र चलायमान बनाउनुपर्ने बताउनुभएको छ। टोलीले कित्ताकाटसम्बन्धी नीतिगत अन्योल अन्त्य गर्न, भू-उपयोग नीतिमा स्पष्टता ल्याउन तथा पुँजीगत लाभकर र राजस्वसम्बन्धी व्यवस्था पुनरवलोकन गर्न पनि आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार