१० कात्तिक २०८३ English
English

एसियन लाइफमा सीईओपछि स्वतन्त्र सञ्चालकको पनि राजीनामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसियन लाइफमा सीईओपछि स्वतन्त्र सञ्चालकको पनि राजीनामा

YouTube मा सब्स्क्राइब

एसियन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतपछि स्वतन्त्र सञ्चालकले पनि राजीनामा दिएका छन्। कम्पनीका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले व्यक्तिगत कामको व्यस्तताको कारण देखाउँदै सोमबार पदबाट राजीनामा दिनुभएको थियो। कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उहाँको राजीनामा स्वीकृत गरेको छ।

कार्की २०८२ असार ३० गते कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त हुनुभएको थियो। नियुक्तिको करिब १५ महिनामै उहाँले पद छाड्नुभएको हो। यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले राजीनामा दिनुभएको थियो।

श्रेष्ठले दोस्रो कार्यकालका लागि नियुक्ति पाएको करिब २१ महिनामै पद छाड्ने निर्णय गर्नुभएको हो। सञ्चालक समितिको २३३ औँ बैठकले सोमबार उहाँको राजीनामा स्वीकृत गरेको थियो। कम्पनीका अनुसार श्रेष्ठको राजीनामा कात्तिक १० गते मंगलबारदेखि लागू भएको छ।

श्रेष्ठको राजीनामा स्वीकृत भएको भोलिपल्ट नै सञ्चालक कार्कीको राजीनामा पनि स्वीकृत भएको हो। यससँगै लगातार दुई दिनमा कम्पनीको व्यवस्थापन प्रमुख र सञ्चालक समितिका एक सदस्य गरी दुई जना पदबाट बाहिरिएका छन्।

स्रोत

सम्बन्धित समाचार