कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय विशेष समितिको निर्देशन

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ।
बुधबार बसेको समितिको बैठकले सम्मेलनमा जलवायु न्याय र वातावरणीय न्यायको आवाज उठाउँदा राष्ट्रिय हितका विषय पनि समेट्न सरकारलाई निर्देशन दियो। विश्व बजारमा नेपाली उत्पादनलाई सजिलै पहुँच दिलाउने विषय पनि उठाउन समितिले भनेको छ।
बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले सरकारले नयाँ जलवायु नीति बनाउन लागेको जानकारी दिए।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर र भोटेकोशी–त्रिशूली क्षेत्रको विपद्बारे अध्ययन गर्न यो समिति बनाइएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


